नियम १८
अनुमतिपत्र खारेज गर्न सकिने
(१) देहायका अवस्थामा मन्त्रालयले रिभर गाइडले पाएको अनुमतिपत्र खारेज गर्नेछः–
(क) अनुमतिपत्र प्राप्त व्यक्ति नियम १३ बमोजिम अयोग्य भएमा,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले नियम १६ मा उल्लेख भए बमोजिमको कुनै काम गरेमा ।
(२) उपनियम (१) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि मन्त्रालयले निजलाई कम्तीमा पन्ध्र दिनको म्याद दिई आफ्नो सफाइ पेश गर्न मौका दिनु पर्नेछ ।